कार्तिक १२
नेपालगञ्ज बाघको आक्रमण परि मृत्यु भएका मृतकका परिवारलाई तत्काल राहत तथा आयआर्जनका लागि बिकल्प स्वरुप आर्थिक सहायता प्रदान गरिएको छ ।
राप्तीसोनारी वडा नम्बर ९ गुरुवा गाँउ स्थित नमुना टोलका मृतक ४३ बर्षिय ईन्द्र बहादुर खत्रीका बुवा पुर्ण बहादुर खत्रीलाई आज पचास हजार आर्थिक सहयोग प्रदान गरिएको हो । खत्रीलाई गत शुक्रवार दिउँसो रिम्ना मध्यबर्ती सामुदायिक बन क्षेत्रमा घाँस काट्न गएको बेला बाघको आक्रमणमा परि मृत्यु भएको र खोज तलासी पछि शनिवार बिहान मात्र मृतकको लास फेला परेको थियो ।
बाघको आक्रमणमा परि मृत्यु भएका खत्रीका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाबाट खटिएको टोलीले मानव बन्यजन्तु द्धन्द्ध ब्यवस्थापनकोष बाट मृतकका बुवालाई तत्काल राहत तथा आयआर्जनका लागि बिकल्प स्वरुप पचास हजार आर्थिक सहायता प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यक्रम सहायक मनोज गौतमले असल शासन प्रतिनिधिलाई जानकारी गराए ।
सहयोग हस्तान्तरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सोहनलाल थारु, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन बिरेन्द्र प्रशाद कंडेल, ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्का, रिम्ना मध्यवर्ती बन सामुदायिक अध्यक्ष गोकुल प्रशाद वली, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यक्रम सहायक मनोज गौतमको उपस्थिति रहेको थियो ।











