अहिले सामाजिक संघसस्थालाई NGO का नाममा बदनाम गरिदैछ।अलि गहिरिएर सोचौ त, सरकारी NGO कति छन् ?
गाउँपालिका महासघ, जिल्ला समन्वय समिति महासघ,पुर्व सम्सदहरुको सस्था, पुर्व कर्मचारीका सस्था, पुर्व प्रहरी र सैनिकका सस्था, प्रहरी र सेनाका श्रीमतीका सस्था, पुर्व सचिवहरुका सस्था, पुर्व न्यायधिशका सस्था,पुर्व मन्त्रीहरुको सस्था, पार्टीका जनवर्गीय संगठनका महासघ जस्तै ट्रेड युनियन महासघ, किसान महासँघ, राजनीति ओतप्रोतबाट चलेका बिभिन्न महासँघ, दुताबास मार्फत संचालित युवा सन्जाल तथा बिभिन्न बिषयगत सन्जाल, बिभिन्न धर्म र सम्प्रदायका राजनीति रङ्ग दिदै खोलेका सँस्था, यस्ता सँस्थाहरुले नै बैदेशिक सहायता राजनीती शक्तिका आडमा कब्जा जमाएको हाम्रो यथार्थ हो ।
आज बहस गर्न र छानविन गर्न आबश्यक छ, कसले कति बैदेशिक सहायता लिए, कति नियमसङगत ढोकाबाट छिरे वा शक्तिका आडमा सिधै अर्थ मन्त्रालय मार्फत सहायत लिदै राज्यको मौजुदा अनुगमन गर्ने सस्थालाई भुत्ते बनाए ।
आज भारतिय दूतावास लगायत अन्य दूतावासबाट आउने ठुलो रकम सिधै सम्बन्धको आधारमा प्राप्त गर्ने को को छन र कहाँ प्रयोग गरेका छन् ? राजनीति पार्टीको नाममा स्थापना गरिएका फाउन्डेसन तथा प्रतिष्ठानले प्राप्त गर्ने सहायता राज्य प्रति जवाफदेही हुनुपर्ने हो की होइन ?
यस्तो गहन र गम्भिर सवाललाई लत्याउदै मोफसलमा रहेर साचो अर्थमा प्रजातान्त्रिक अभ्यासलाई ब्यबहारमा उतार्ने, आमा समुह, बाल क्लब, टोलबिकास सस्था, युवा क्लब र सामाजिक बिकासमा काम गर्ने सस्था जसले जनताका मौलिक हकका सवाल, सचेतना, शिक्षा, अधिकार,वातावरण र जलवायु परिवर्तन तथा बिपद ब्यबस्थापन, पहुँच र सहभागिता, आर्थिक गतिविधिमा पछाडि पारिएको वर्ग समुदायको सवाल, दिन प्रतिदिन बढ्दै गएको असमानताको सवाल, भौगोलिक रुपले पछाडि पारिएको समुदायका सवालमा काम गर्ने सस्थाहरु जसले लोकतान्त्रिक अभ्यासलाई मजबुद बनाउदै नेतृत्व बिकासको सवालमा महत्वपूर्ण भुमीकालाई नजर अन्दाज गर्दै NGO ले देशको राज्य ब्यबस्थामा अस्थिरता गराए भन्नु एकाङ्गी मनगणन्ते र प्रतिशोध पुर्ण सोच हो ।
त्यसैले मेरो अनुरोध छ नेतृत्वदायी भुमिकामा रहनुहुने नेतागण तथा ब्युरोक्रेसीका उच्चपदस्थलाई पहिला आफ्नो आङ्गको ऐना हेर्नुहोस, सधै अनुगमन र मुल्यांकन सम्यन्त्र तपाईहरु कै वरिपरि थियो त?के हेर्नुभएको थियो गम्भिर समिक्षा गर्नुहोस् अनी अरुलाई दोष लगाउनुहोस् ।
(सुवेदी गैरसरकारी संस्था महासँघ नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष हुन् ।)











