जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई दिएको धम्कीको भत्र्सना

असल शासन प्रतिनिधि

काठमाडौँ । समाचारको विषयलाई लिएर जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई धम्की दिएको भन्दै भत्र्सना गरिएको छ ।
जनआस्था साप्ताहिकमा प्रकाशित महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान शिर्षकको समाचारलाई लिएर एमाले नेता महेश बस्नेतले पत्रकार श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको भन्दै समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेकोहो ।
समाचार लेखेको भरमा कुनै पनि पत्रकारलाई धम्कि दिनु गलत रहेको समाजवादी प्रेस संगठन नेपालका महासचिव रोहित दाहालद्धरा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा भनीएको छ ‘पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो । त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्की दिनु कुनै हिसाबले पनि न्यायसङ्गत हुन सक्दैन । अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको बिज्ञप्तीमा उल्लेख छ ।

  • १४ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech