हराएको सामाग्री खोजी गरि बुझाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको खजुरा देखि नेपालगन्ज आउने क्रममा हराएको सामाग्री प्रहरीले खोजी गरि बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कार्तिक १२ गते खजुरा गाउपालिका वडा नम्बर ७ उढरापुरबाट ईरिक्सामा नेपालगंज आउने क्रममा हराएको ल्यापटप, नागरिकता, राहदानी लागयतको कागजपत्र सहितको झोला खोजी गरि सम्बन्धीत ब्यक्तिलाई बुझाएको बताएको छ ।
प्रहरीलाई जानकारी गराए पश्चात तत्काल खोजतलास गरि आज उक्त झोला, ल्यापटप तथा झोला भित्र रहेका सम्पुर्ण सरसामान फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

  • १३ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech