काठमाडौं । रेशम चौधरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरूनागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी दर्ताका लागी बिहीबार निर्वाचन आयोग पुगेका हुन् ।
चौधरीसहित अन्य नेताहरू समेत एउटै पोशाकमा निर्वाचन आयोग पुगेका थिए । पार्टीको चुनाव चिन्ह जाँतो माग गरिएको जानकारीमा आएको छ । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका थिए । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।









