काठमाण्डौं । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण गर्न शुल्क लाग्ने भएको छ ।
सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । सरकारले गरेको नयँ ब्यवस्था अनुसार अब अनलाईन दर्ता गर्न ५ हजार र नवीकरण गर्न २५ सय शुल्क लाग्ने छ। यसअघि जिल्ला प्रशासनबाट हुने दर्ता तथा नियमन अब सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको जनाएको छ ।









