टीआई नेपालले सक्रियता बढाउनुपर्नेमा जोड

हेमराज भट्ट

काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्माको अध्यक्षतामा कात्तिक १४ गते साधारण सभा सम्पन्न भएको हो ।
सम्पन्न साधारण सभाले महासचिव तथा कोषाध्यक्षद्वारा पेश गरिएको आर्थिक वर्ष २०८१०८२ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलाई छलफल पश्चात पारित गरेको छ ।


सभामा सदस्यहरुद्वारा देशको बदलिदो परिस्थिति, युवा तथा जनमानसको अपेक्षा, भ्रष्टाचार विरुद्धको आडमा बनेको सरकारका गतिविधिलाई बिशेष चासोका साथ सुझावहरु राखेको टीआई नेपालले जनाएको छ ।
देशमा बिधिको शासन नहुँनु, दण्डहिनतालाई प्रश्रय दिनु, कानुनको पालना नगर्नुको उपज भ्रष्टाचार मौलाउदै गएको र युुवा तथा जनमासमा बितृष्णा पैदा भई देशले क्षति र अस्थिरता ब्यहोर्नुपरेकोे सरोकारवालाहरुले बताएका थिए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै सक्रियता बढाउनुपर्ने बार्षिक साधारण सभामा सहभागिहरुको जोड थियो ।

  • १५ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech