नाउपा नेपालको अध्यक्षमा २५ बर्षे युवा कबिर सोव

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल दर्ता गरेका रेशम चौधरीले पार्टीमा जेनजी युवालाई अध्यक्ष बनाएका छन् ।

जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई आत्मसाथ गर्दै रेशमले नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने)को अध्यक्षमा २५ वर्षीय जेनजी युवा कवीर सोबलाई अध्‍यक्ष बनाएका हुन् । रेशम भने पार्टीको संरक्षक बसेका छन् ।

रेशमसहित पार्टीका नेताहरू दल दर्ताको प्रयोजनका लागि एउटै रंगको पोसाक लगाएर बिहीबार निर्वाचन आयोग पुगेका थिए ।

रेशमले आफ्नो पार्टीको लागि अध्यक्ष बनिदिन आग्रह गरेपछि २५ वर्षीय कवीर तयार भएका हुन् । रेशमका अनुसार ‘देशव्यापी रुपमा जेनजी आन्दोलनपछि राजनीतिक उथलपुथल भयो । देश संक्रमणकालीन स्थितिमा पुग्‍यो । त्यसैले जेनजी आन्दोलनलाई समर्थन गरेको र देशको चिन्ता व्‍यक्त गर्दै अध्यक्ष बन्‍न आइदिनुप¥यो भन्‍ने आग्रह अनि देश संकटमा परेको बेला युवाहरू आउनुपर्छ भन्‍ने भावका साथ म पार्टी अध्यक्ष हुन तयार भएँ ।’

हुन त कवीर अहिले विद्यार्थी नै हुन् । उनले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा स्नातक पूरा गरेका छन् । कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ का स्थाई बासिन्दा कबिरले टिकापुरको गणेशबाबा माबिबाट १० काक्षा उतिर्ण गरेका थिए भने बाँकेको कोहलपुर स्थित गार्खा युनाईटेडबाट प्लस टु उतिर्ण गरेका थिए ।

  • १६ कार्तिक २०८२, शनिबार प्रकाशित

  • Nabintech