नेपालगन्जको भृकुटीनगर स्थित सुशान्त बिजुली भण्डारमा आगलागी हुँदा लाखौको क्षति भएको छ । नेपालगन्जको गणेशमानचोक नजिकै रहेको सुनिल हमालको बिजुली पसलमा बिधुत सर्ट भई आगलागी भएको हो ।
शनिबार सांझ पसल बन्द गरेर घर गइसकेपछी घर नपुग्दै बिधुत सर्ट भइ करिव ८ बजेतिर भएको आग्गलागी दम्कलको मदतमा नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टा पछि नियन्त्रणमा आएको । आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । आगलागीबाट करोडौको क्षती भएको अनुमान छ । क्षतिको एकिन विवरण भने आउन बाँकी छ ।









