यो एउटा अभियान हो 

शोभा बि.सी.

तँ एक्लै बाँच्ने प्रयास गर्नु पर्छ भनेर परिस्थितिले यो अवस्थासम्म पुर्यायो मलाई । जीवन एउटा सिकाइ हो, मैले सिक्नु पर्ने धेरै छ । यस्तो लाग्छ यो सिक्नु पर्ने क्रम कहिल्यै टुट्ने छैन ।
सबैभन्दा पहिला घरपरिवार, सन्तान र त्यसपछि अभिभावकको रुपमा संस्थापक अध्यक्ष मा.लीली थापाले हौसला दिनु ।  एक्लो हुनुको चोटको म र मजस्ता दिदीबहिनीहरू त्यसको जीवित साक्षी हौं । चोटमा मल्हम बनेर तिमीले आफुलाई सम्हालेर, आफू जस्तै दिदीबहिनीहरूको मल्हम बन्नु पर्छ भनेर समयले र समयसँगै सबैले हौसला दिनु भयो ।
बाँके जिल्लाको संस्थापक अध्यक्ष भएर पनि सफल रूपमा आफ्नो जिम्मेवारी पूरा गरें भन्ने लाग्छ । त्यसबेला पनि सबैले विश्वास गर्नु भयो । झण्डै यो २ दशकको समयावधिमा यस्ता खालका थुप्रै अभियानको सुरुवात गर्ने अवसर पाएँ । धेरैलाई सुन्ने, बुझ्ने, पढ्ने, हेर्ने र उहाँहरूको मन बुझ्ने कोशिस गरें । यस्तै कुराले गर्दा म अब उठ्नु पर्छ भनेर, हिड्ने, दौडिने प्रयास गरें ।
WHR मेरो परिवार हो । हामी आफ्नो यो परिवारलाई समेट्न, सकारात्मक उर्जा दिएर अगाडि बढ्न लागि पर्छौं । फरक यत्ति हो, त्यसको नेतृत्वमा समय समयमा फरक फरक व्यक्ति पुग्छौं ।
निर्वाचन एउटा प्रक्रिया मात्रै हो । नेतृत्वमा आइसकेपछि त्यसपछि यसमा जीतहार भन्ने हुन्न । यो प्रक्रियामा समेटिनु भएका, आफ्नो रोजाइमा परेका व्यक्तिलाई मतदान गर्नु हुने, निर्वाचन कमिटी, निवर्तमान तथा पूर्व कमिटीका साथै कर्मचारी लगायत सबैलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । निर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना पनि व्यक्त गर्दछु । मेरो नेतृत्वमा अबको केही वर्ष WHR ले काम गर्नेछ ।
यस अवधिमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग, सल्लाह, सुझाव दिनुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि रचनात्मक सहयोगको अपेक्षा समेत गर्दछु ।
केन्द्रीय अध्यक्ष, मानवअधिकारका लागि महिला, एकल महिला समूह, काठमाडौं

  • १५ कार्तिक २०८२, शनिबार प्रकाशित

  • Nabintech