काठमाडौं । नियमित महाधिवशेनको माग राखेर युवा कार्यकर्ताहरूले नेपाली कांग्रेस पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।
पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गरी महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गर्दै तालाबन्दी गरेका हुन् ।
असोज २८ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएपछि युवाहरुले बिरोध गरेका हुन् ।









