नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा फुटवल फर स्कुल कार्यक्रमको उद्घाटन भएको छ ।
फुटवल खेल प्रति रुचि राख्ने बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्धेश्यले आईतबार कार्तिक १६ गते नेपालगन्ज रङ्गशालामा कार्यक्रमको उद्घाटन भएको हो ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङको प्रमुख आतिथ्यतामा नेपालगन्ज रङ्गशालामा भब्यताका साथ कार्यक्रमको उदघाटन भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोज राज शाहीले बताए । फुटवल प्रतियोगिताका उद्घाटनसँगै विभिन्न प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।










