निर्वाचन आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । धरान उपमहानगरपालिकाकाका प्रमुख समेत रहेका साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी दर्ता भएसंगै पार्टीले मान्यता पाएको छ ।
साम्पाङले आइतबार आयोगमा पुगेर पार्टी दर्ताको प्रमाणपत्र बुझेका छन् । आयोगमा २ सय ४ नम्वरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्वर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ पार्टीलाइ अगाडी बढाउने बताए । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उनको भनाइ छ । हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् ।











