नेपालगञ्ज / बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का १२ वर्षिय अभिषेक बुढा ओराही खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका छन्।
तीन जना साथीहरूसँग खोलामा नुहाउन गएका अभिषेक बेपत्ता भएपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र नगरप्रहरीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।











