राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरवार ल्याइएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन नख्बखु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको जानकारी दिएको छ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।
रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनस् कारागारमै फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।











