बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता शेर्पा कारागार चलान

असल शासन प्रतिनिधि

बहुविवाह मुद्दामा दोषी ठहर भइ पक्राय परेका नेकपा एमालेका नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका शेर्पालाई बुधबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो। अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंकाले बताएको छ ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए ।

  • १९ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech