नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप डाक्टरहरुले अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
इन्टर्नसीप डाक्टरहरुले पारिश्रमिकको बिषयमा राखेका मागहरु सुनुवाइ नभएको र मागप्रति अस्पताल प्रशासनले ध्यान नदिएको भन्दै अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
आन्दोलनरत इन्टर्नसीप डाक्टरहरुले हाल पाउँदै आएको १२ हजारलाई बढाएर कम्तिमा १७ हजार ५ सय रुपैयाँ पुर्याउनु पर्ने, भर्नाका क्रममा इन्टरर्नसीपका लागि उठाएको २ लाख ५० हजार अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलतरत इन्टर्नसीप डाक्टरहरु अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै बिरोध जनाईरहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हाल करिव एक सय जना इन्टर्नसीप डाक्टरहरु कार्यरत रहेको बताईएको छ ।











