बास नेपाल बाँके शाखाद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पवनराज उपाध्याय

नेपालगन्ज / बास नेपाल बाँके शाखाको आयोजना र बागेश्वरी कान स्याहार केन्द्रको सहयोग तथा सहकार्यमा आज नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरको चिडिमार टोलमा एकदिने निशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

बिहान ८ बजेबाट सुरु भएको उक्त शिविर दिउँसो १२ बजे सम्म सञ्चालन भएको थियो। बागेश्वरी कान स्याहार केन्द्रका सञ्चालक डा. पुरन थारूका अनुसार करिब १०० जना सेवाग्राहीहरूले सो शिविरबाट स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

बास नेपाल बाँके शाखाका अध्यक्ष रामु चिडिमारका अनुसार उक्त शिविरमा जेष्ठ नागरिक तथा असक्त नागरिकहरूले बढी सेवा लिएका थिए। कार्यक्रममा स्थानीय प्रतिनिधि, स्वयंसेवक, बास नेपालका सदस्यहरू तथा विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यस्तो किसिमका स्वास्थ्य शिविरले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। बास नेपाल बाँके शाखाले भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

  • २१ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech