नेपालगञ्ज / कन्हैया-अन्जना राष्ट्रिय सङ्गित पुरस्कार-२०८२ वरिष्ठ गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ ।

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । ५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितीका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए ।
वरिष्ठ गायक निर्मोही अशक्त भई कार्यक्रममा सहभागी हुन नसकेका कारण संयोजक शाहले पुरस्कार ग्रहण गरेका हुन् । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसि, पुरस्कारका संस्थापक सुप्रसिद्द गायक द्वय कन्हैया सिंह परियार, अन्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
उक्त पुरस्कार निर्मोहीको निवास नेपालगन्जमै हस्तान्तरण गरिने संयोजक शाहले बताए । निर्मोही केही बर्ष यता मृगौला रोगबाट पीडित भई उपचाररत छन् ।











