नेपाल संस्कृत विश्वविद्यालय बेल्झुण्डि दाङ्गका अनुशन्धान केन्द्र का प्रमुख प्रा. सुधन पौडेल ले प्राग्यिक कामका सन्दर्भमा काठमाडौं आउन भने अनुसार हिजो २०८२ कार्तिक २० गते यतिएयरलाइन्स को २.२५ बजे दिउसो को बिमान बाट काठमाडौं आउन नेपालगञ्ज, राझा मा रहेको बिमान स्थल पुगे। विमान स्थलमा कुर्दाकुर्दै एकघण्टा बित्यो। नेपाली का लागी १२ घण्टा केहि पनि मानेराख्दैन भन्ने सोच्दै गर्दा म भित्र रहेको सचेत नागरिक मनले मानेन । म एयरलाइन्सको टिकट काउन्टरमा पुगे।
मलाई उभिएको देखेर म बोल्न नपाउदै त्यहाँका कर्मचारीले बडो अचम्म मान्दै भने ू गणतन्त्रका रास्ट्रपतिको सवारी का कारण प्लेन २.०० घण्टा डिले छ ू उस्ले सुनेको मलाई सुनायो । म पुन आफु बसेको कुर्सीमा पुगे र प्लेन पर्खेर बसे । यो मेरो नियति हो ? समाधान बिहिन समस्या हो ? वा जनप्रतिनिधि हु भनिने नवधनाढ्य हरु व्दारा बढप्पन देखाउन गरिने कृयाकलाप हुन ? मैले निर्क्यौल गर्न सकिन । के उनि सुरक्षा थ्रेट मा छन ?
दुई घण्टा डिले भाको बिमान एनकेन नेपालगञ्ज अवतरण गर्यो।
बिमान मा बस्यौ । ५५ मिनेट को यात्रा पछि काठमाडौं विमानस्थलमा देखियो तर बिमान ले अवतरणको अनुमति पाएन। ००.३० मिनेट आकासमा उडाएर बिमान का चालक ले पोखरा पुगेर अवतरण गरे। आधा घण्टा को बसाइ पछि बिमान पुनः काठमाडौँ का लागि उड्यो र हामि यात्रि शकुसल गन्तब्यमा पुग्यौ। यो घटना आजको मात्र होइन। हामिले भोग्दै आएका हुन। तर यसबाट हुने हामि नोक्सानी बारे लेखाजोखा गर्ने कि नगर्ने ? कुरा त्यति हो। समय, ईन्धन , र मनोबैज्ञानिक तनाव को आकलन कहिले गर्ने ?
( मेरो अनुभूति हो)
धन्यवाद।











