नेपालगन्ज । नेपालगन्ज वडा नं. १२ बेलासपुरको मस्लिम टोलमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षण र सरसफाइमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोग र बास नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित बेलासपुरको मुस्लिम टोल लगायतको टोलमा रहेको नाला तथा सडक सरसफाई गरिएको थियो ।

३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको छ ।











