नेपालगञ्ज / अछामको पञ्चदेवल बिनायक स्थित महेन्द्र माबिको प्राङ्खणमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
महेन्द्र माविको आयोजना तथा मित्र समाज काठमाडौं र नुवाकोट आई केएर सेन्टरको प्राविधिक सहयोग र पन्चदेव विनायक नगरपालिको समन्वयमा पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ स्थित उक्त बिद्यालयमा शुक्रवार एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

विहान ९ बजेबाट सुरु भएको उक्त एकदिने निशुल्क आँखा शिविर साँझ ५ बजे सम्म सन्चालित शिबिरमा पन्चदेवल विनायक नगरपालिकाका ५ वटा विद्यालयका बिद्यार्थीहरु छिमेकी पालिकाहरु कमल बजार नगरपालिका र आठविस नगपालिकाका १÷१ विद्यालयबाट गरी ३९७ जना विद्यार्थीहरु, ४० जना शिक्षकहरु र ११ जना अभिभावक गरि जम्मा ४४८ जना ले आँखा शिबिरमा जााच गराएको आयोजक संस्था महेन्द्र माविका प्रधानाध्यापक प्रेम बडुवालका बताए ।

पन्चदेव विनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क बहादुर वडुवालको प्रमुख अथित्यतामा सञ्चालित निशुल्क आँखा शिबरमा मित्र समाजका कार्यक्रम प्रमुख, नुवाकोट आई केएर सेन्टरका आँखा प्राविधिक अनिकुमार पौड्याल, शंकर अधिकारी, रजिक महर्जन, शैलजा आचार्य, प्रहरी विट बेलखेतका प्रमुख, अभिभावकहरु, विद्यालयका शिक्षक कर्मचारीहरुको सहभागीता रहेको थियो ।
महेन्द्र माबिका ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बिष्टको अध्यक्षतामा आयोजित उक्त शिबिरमा विद्यायलयका प्रधानाध्यापक प्रेम बडुवालले स्वागत मन्थब्य राखेको थिए ।











