जलवायु न्याय क्बलका लिडर वातावरण संरक्षणमा अग्रसर

असल शासन प्रतिनिधि

नेपालगन्ज । कार्तिक २० गते बिहिबारका दिन खजुरा गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री जनसेवा माबिमा बिहान ९ बजेर ३० मिनेट अगाडी नै सबै बिद्यार्थी र शिक्षकहरु उपस्थित भईसकेका थिए ।
घडिमा ठिक ९ बजेर ३० मिनेटमा बिद्यालय प्राङ्गणमा एउटा आवाज आयो जसमा भनीएको थियो आज कक्षा ३, ४ र ५ का बिद्यार्थीहरुले बिद्यालय प्राङ्गण सरसफाई गर्न अनुरोध छ । उक्त एनाउन्ससँगै स्वस्फूर्त रुपमा साना भाईबैनीहरु बिद्यालयमा रहेका कागज र पातहरु टिपेर डष्टविनमा राख्न व्यस्त देखिन्थे । २० मिनेट पछि पुनः सबैलाई बिहानीको प्राथनामा सहभागि हुन आव्हान गरियो । त्यसको केही मिनटमा नै बिद्यालयको प्राङ्गण बिद्यार्थीले भरीभराउ भयो र शिक्षकहरु पनि आआफ्नो ठाँउमा उभिएर सहभागि भए । त्यो क्षण अत्यन्तै सुन्दर थियो, बिद्यालय प्राङ्गणमा रहेको चौतारीबाट केही बिद्यार्थीहरुले कार्यक्रम सञ्चालन गरिरहेको थिए । बिद्यार्थीहरुले नै सञ्चालन गर्ने र बिद्यार्थी र शिक्षक सबै सहभागिता भएको उक्त दृष्यले बिद्यालयको अनुशासन, सरसफाई र असल अभ्यासको उत्कृष्ट उदाहरण देखाएको थियो ।


बिहानी प्राथनासँगै सोही बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा बर्षा बिकलाई देश विकासमा युवाको भूमिकाका बिषयमा केही समय बोल्ने समय दिइयो । उनले छोटो समयमा उत्कृष्ट भनाई राखेपछि सो अवसरमा उपस्थिती सयौं बिद्यार्थी र शिक्षकहरुले तालि बजाएर उत्साह बढाए । जलवायु न्यायका बिषयमा बोल्ने बर्षा बिक र विहानको प्राथनाको सञ्चालन गर्ने छात्राहरु बालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरु थिए । बिद्यालयमा नियमित भइरहेको उक्त कार्यले सबै बिद्यार्थीहरुमा राम्रो प्रभाव परेको बिद्यालयमा प्रधानाध्यापक टंक प्रसाद दाहालले बताए । जलवायु न्याय क्लबको वालिकाहरुले बिद्यालयको वातावरण संरक्षणमा उत्कृष्ट योगदान पुर्याएको उनले बताए ।
रुम टु रिडको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका १२ ओटा बिद्यालयमा गठित जलवायु न्याय क्लबका वालिकाहरु अहिले बिद्यालयमा जलवायु लिडरको रुपमा अग्रसर देखिएका छन् ।


कार्यक्रम सञ्चालनको क्रममा जलवायु न्याय क्लबमा आबद्ध बर्षा बिक, गुरास चन्द, दिपिसा सुनार, सुप्रिमा पुन मगर, चेतना बुढा, सुनिता पराजुली, कृष्टिका सिंह ठकुरी, मंगली बुढा लगायत दर्जनौ वालिकाहरु अहिले बिद्यालय र समुदायमा जलवायु अगुवाको रुपमा कार्य गरिरहेका छन् ।
जलवायु न्याय क्लबमा रहेका बालिकाहरु वातावरणका लाथि मात्रै हैन अनुशासित र पढाईमा समेत अब्बल देखिएका छन् । कक्षा ८ को आधारभुत तह परिक्षामा श्री प्रभात माबि बैजनाथका जलवायु न्याय क्लबका झरना मेदासी र कोमल हमाल कक्षा ८ को आधारभुत तह परिक्षामा पालिका मै उत्कृष्ट भएका थिए । यसैगरी कोहलपुर नगरपालिका अन्तरगत श्री त्रिभुवन माबिका छात्रा गुरास चन्द नगरमै उत्कृष्ट भएकी छिन् । अन्य पालिकामा समेत वलवायु न्याय क्लबका वालिकाहरु उत्कृष्ट देखिएका छन् ।

विश्व चासोको रुपमा रहेको जलवायु संरक्षणमा जलवायु न्याय क्लबका वालिकाहरुले खेलेको भुमिका उत्कृष्ट देखिएको छ । बिद्यालयहरुमा जलवायु न्याय क्लब मार्फत भएको परिवर्तन र प्रभावका कारण ५ ओटा बिद्यालयमा सञ्चालीत जलवायु न्याय कार्यक्रम हाल खजुरा गाउँपालिकाको सबै १६ ओटै माबिका सञ्चालन भईरहेको छ भने अन्य पालिकाहरु र बिद्यालयहरुले समेत यसमा अग्रसरता देखाएका छन् ।
वालवालिकामा लगानी सुन्दर भविष्यको थालनी भनेझै केही बर्ष अगाडी देखि वालिकाहरुलाई दिएको जलवायु न्याय शेषनका कारण खर्जनौ बालिका जलवायु लिडरको रुपमा अदाएका छन् । सबै बिद्यालयमा जलवायु न्याय क्लब तयार गरी वातावरण संरक्षणमा काम गर्न सकेमा बिद्यालय, घर देखि समुदायसम्म जलवायु न्यायको सन्देस प्रवाह हुने सरोकारवालाहरु बताउछन् ।

  • २५ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech