शालिक उठाउन दुई महिना लाग्यो, पुर्णनिर्माण छिट्टै हुने मेयर -बिष्ट

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भदौ २३ र २४ गतेका दिन भएको जेन्जी आन्दोलनबाट क्षत बिक्षत भएका शहिदका शालिकहरु उठाउने कामको शुरुवात भएको छ ।

झन्डै दुई महिना सम्म अलपत्र अबस्थामा रहेका शहिदका शालिकहरु आज २४ गते ठिक दुई महिना पछि ढलेका शालिकहरुलाई ठड्याउने काम भएको छ ।

जेनजी’ आन्दोलनमा तोडफोड भई ढालिएको शहिदका शालिकलाई अहिले सिधा बनाउने काम मात्र भएको र हिउँदे अधिबेशन बाट बजेट बिनियोजन गरेर सबै शहिदहरुका शालिक पुर्नानिर्माण गरिने नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले असल शासन प्रतिनिधिलाई बताए ।

गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलका कारण नेपालगञ्ज अबस्थित विपीको शालिक, पुष्पलालको शालिक, गणेशमानको शालिक र शहिद सेतु बिकको शालिक तोडफोड तथा आगजनी भएको थियो ।

  • २५ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech