नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न निर्देशन गरेका छन् ।

कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालयको निरिक्षण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी तामाङ्ले स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्दै लैजान निर्देशन गरेका छन् । उनले लागू औषध दुर्व्यसन, ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण र न्यूनिकरणमा सक्रियताका साथ अगाडि बढ्दै समाजमा शान्ती सुव्यवस्था र शुसासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन निर्देशन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो क्रममा प्रहरी नायव उपरीक्षक दिपक पातलीले जिल्लाको समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए भने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।











