कपडाको प्याड प्रयोगमा सहजता, स्वास्थ्यमा सुरक्षाका साथै पैशा बचत

उत्पादन र बजारीकरणका लागि स्थानिय सरकार जवाफदेही हुनुपर्ने

असल शासन प्रतिनिधि

नेपालगञ्ज / महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडको रुपमा कपडाको सेटेनरी प्याड प्रयोग गर्दा आफ्नो स्वास्थ्यको सुरक्षाको साथै आर्थिक रुपमा पनि बचत हुने महलिाहरुले बताएका छन् ।

महिलाहरु तथा किशोरीहरु महिनावारी हुँदा अधिकाँसले बजारमा पाईने सेनेटरी प्याड बितरण गर्दै आएतापनि ग्रामिण भेगका महिलाहरु घरमै भएका पुराना कपाडाहरु प्रयोग गर्ने गरेको पाईन्छ् ।

जस्ले गर्दा पुराना कपडाहरु बाट बिभिन्न संक्रमणहरु हुने र बजारका प्याडहरु केमिकलयुक्त हुने जस्ले गर्दा रोगहरुले आक्रमण गर्ने गर्दछ । साथै प्रयोग भैसकेका प्याडहरु फाल्ने उचित स्थान नहुँदा त्यसको ब्यवस्थापन गर्न निकै कठिनाई र्भरहेको छ । क्याम्पस देखि अस्पतालका शौचालयमा कार्यालय तथा घरका शौचालयमा यत्रतत्र फालिएको सजिलै देख्न पाईन्छ ।

अत यसको प्रयोगले वातावरण दुषित हुनुका साथै आर्थिक रुपमा चुनौती हुने गरेका पाईन्छ । एकजनाले हरेक महिनामा महिनावरी हुँदा २ देखि ३ प्याकेट प्रयोग गर्दा बजार मुल्य अुनसार एक प्याकेटको ७५ रुपैयाका दरले महिनामा २२५ रुपैया खर्च हुन्छ भने एक बर्षमा २,,७०० खर्च हुन्छ भने सरदर १३ बर्ष देखी महिनावारी शुरु भएर ४५ बर्ष सम्म हुँदा ३५ बर्षको ९४,५०० रुपैया हुन आउँछ । यसरी हरेक महिलाले सेनेटरी प्याडमा मात्र यति खर्च हुन्छ भने प्रयोग भइसकेका सेनेटरी प्याडहरु डम्पिङसाईट जम्मा भएर प्याडको पहाड बनेको पाईन्छ । जुन जलाउँदा पनि जल्दैन ।
अब के गर्ने त ?
फ्रिडम किट ब्याग्स युकेको आर्थिक सहयोगमा बास नेपालले २०२४ जुन देखी नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि महिनावारी स्वच्छता तथा ब्यवस्थापन कार्यक्रम अन्तर्गत फ्रिडम किट ब्याग बितरण तथा सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरेर महिला तथा किशोरीहरुलाई निशुल्क पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड बितरण गर्दै आएको छ ।
बजारमा पाईने स्यानीटरी प्याडका बेफाईदा त्यसबाट हुने आर्थिक भारको बारेमा जानकारी दिदै पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा अभिमुखिकरण गर्ने गरिन्छ ।

एफकेबी युकेका कार्यक्रम पुर्ब ब्यवस्थापक राष्टि बुढामगर, ब्यवस्थापक रमिता शाह र एजुकेशन अफिसर मिना मगर र लेखा अधिकृत प्रदिप बोहराको टिमले महिनावारी स्वच्छता शिक्षा कार्यक्रम हेर्दै आएका छन् भने उक्त कार्यक्रम बिभिन्न जिल्लाहरुमा सञ्चालन गर्दै आएको छ ।

महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुराको जानकारीका साथै उक्त सामुदायिक शिक्षा कार्यक्रममा परियोजनाका ब्यवस्थापक रमिता शाह र एजुकेशन अफिसर मिना मगरले किट ब्याग बितराण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित अभिमुखिकरण सञ्चालन गरेर रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनःप्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री बितरण गर्दै आएका छन् । निशुल्क बितरण गर्दै आएको उक्त फ्रिडम किट ब्याग सम्पुर्ण सामाग्री सहितको प्रति प्याकेट रु १५ सय रुपैया बराबर पर्न आउँछ भने जुन ३ बर्ष सम्मा प्रयोग गर्न मिल्ने परियोजनाका पुर्ब ब्यवस्थापक राष्टि बुढामगर बताउँछीन् । उनी भन्छिन् बजारमा पाईने सेनेटरी प्याड प्रयोगमा प्रति ब्यक्ति ९४,५०० पर्दथ्यो भने हाम्रो उत्पादन प्रयोगले जम्मा १७,५०० मात्र खर्च हुन आउँछ

बिभिन्न सर्भेका आधारमा स्थान छनौट गरी पहिलो पटक ७५ जना महिला तथा किशोरीहरुलाई फ्रिडम किट ब्याग बितरण गर्दै । आएपनि अर्कोपटक देखि स्थानिय जनप्रतिनिधिहरुलाई जवाफदेखी बनाई उक्त प्याड स्थानिय सरकारबाट नै बजेट बिनियोजन गरेर स्थानिय स्तरमै उत्पादन गर्न लगाउन अभिप्रेरित गर्न देशका बिभिन्न जिल्लामा सञ्चालन गर्दै आएको कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितिमा बितरण गर्ने गरिन्छ ।
स्थानिय जनप्रतिनिधिहरु के भन्छन् त ?
कोहलपुर नगरपालिकाकी उप पमुख संगिता सुबेदी, राप्तिसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारु, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, गेरुवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल थारु लगायतको एउटै आवाज छ बास नेपालले गर्दै आएको महिला साक्षरता कार्यक्रम जुन हामीले गर्नुृपर्ने काम हो तर संस्थाले गरिराखेकोमा धनयवाद दिदै अबका दिनमा आफ्नो पालिकाबाट बजेट बिनियोजन गरेर स्थानिय स्तरमै यस्ता कार्यक्रम सञ्चालन गर्ने छौं ।

हाल सम्म बितरण गरिएका स्थानमा हडिया बाबा मन्दिर बाँके, गायत्रीनगर बाँके,राप्तीसोनारी बाँके, राधाकृष्ण टोल बाँसगढी नगरपालिका ७ बर्दिया, बैजनाथ २ बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर ९, वडा नम्बर १९, वडा नम्बर ४, वडा नम्बर १२, भेरी अस्पताल, एचसिआरसी अस्पताल, निल सागर सेवा आश्रम, गैरीघाट सुर्खेत, कोहलपुर ११, बैजनाथ गाउँपालिका,खजुरा गाउँपालिका १, फातिमा फाउन्डेसन, जनसेवा माबि खजुरा गरी हाल सम्म १९ स्थानमा साक्षरताकक्षाका साथै निशुल्क बितरण गरीसकेको ब्यवस्थापक रमिता शाह बताउँछिन् ।
के भन्छन् त प्रयोगकर्ताहरु ?
राप्तिसोनारी वडा नम्बर ५ की तारा वली भन्छिन् बास नेपालले प्रदान गरको फ्रिडम किट ब्याग प्रयोग गरिरहेकी छु । उनी भन्छिन् लगाउँदा निकै सहज हुने र पैसा बचत हुनुका साथै बजारमा पाउने प्याडमा केमिकल हुन्छ पैसा पर्छ किन्दा पैसा हुँदैन पातलो हुन्छ धेरै रगत बगेको खन्डमा रगत कपडा अथवा बसेको ठाँउमा लाग्छ अनि कपडाको प्याड धेरै राम्रो, कतै जाँदा पनि धेरै राम्रो फोहोर भएको प्याड ब्यागमा राख्न मिल्ने सुबिधा रहेको छ । बजारमा पाइने प्याडलाई रोक्न स्थानिय सरकार जवाफदेही बनी पालिकाले नै तालिम दिने हो भने बजारमा पाईने सेनेटरी प्याड हुने थियो ।
त्यस्तै नेपालगञ्ञ्ज उपमहानगरपालिका वडा नम्बर ४ की दिब्या रावलका अनुसार बास नेपाल बाट प्राप्त सेनेटरी प्याड प्रयोग गर्दै आईरहेका बताउँदै समुदायका अन्य दिदिबहिनीहरुलाईपनि प्रयोग गर्न सुझाउँदै आएको बताउँछिन् । पैसाको बचत हुनुका साथै प्रयोग गर्न सजिलो बजार मा पाईने प्याड भन्दा राम्रो भएकाले मैले कपडाको सेनेटरी प्याड प्रयोग गर्दा धेरै सहज महसूस गरेकी छु ।

बजारमा पाईने प्याडमा क्यामिकल प्रयोग हुने र प्रयोग गर्न सहज महसूस हुदैन, बजारमा पाईने सेनेटरी प्याड विस्थापित गर्न हामिले कपडा को प्याड प्रयोग गर्न र आफ्नो वरिपरी रहेका बहिनी आन्टी दिदी छरछिमेक लाई पनि कपडा को प्याड प्रयोग गर्न सुझाव दिने हो भने यसको प्रयोगका लागि सबैजनामा चेतना आउने थियो उनी सुझाव दिन्छिन् ।
अन्त्यमा फ्रिडम किट ब्याग्स युके र बास नेपाल द्धारा सञ्चालनमा रहेको उक्त परियोजना बाट स्थानिय सरकारले पनि सिको गरी स्थानिय महिलाहरुको लागि पालिका आफै जवाफदेही बन्न सके महिलाको आर्थिक तथा स्वास्थ्य समस्यामा कमी आउने देखिन्छ ।

 

  • २५ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech