कार्तिक २९
नेपालगञ्ज / बास नेपाल ईलाम शाखा पुनर्गठन भएको छ । शाखाको अध्यक्षमा गैससकर्मी राम मगर चयन भएका छन् ।

७७ जिल्लामा शाखा बिस्तार गरेको बास नेपालले राष्ट्रिय स्तरमा आफ्नो अभियान बिस्तार गरे सँगै निष्क्रिय रहेका र शाखा गठनको दुई बर्ष पुरा भएको अबस्थामा शाखा पुनर्गठन गर्दै आएको छ ।
सोही क्रममा आज शनिवार ईलाममा शाखा पुनर्गठन गरिएको हो ।
बास नेपाल कोशी प्रदेश ईन्चार्ज ईन्द्र बहादुर केसीको उपस्थितिमा जिल्लामा रहेका बिभिन्न गैरसरकारी संघ संस्थामा आबद्ध ब्यक्तिहरु, पुर्ब निजामती कर्मचारीहरु, पत्रकारहरु र समाजसेबीहरुको भेलाबाट १३ सदस्यीय शाखा समिति निर्माण गरिएको छ ।

राम मगरको अध्यक्षतामा पुनर्गठित शाखाको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवमा क्रमश उमा खतिवडा, दिनेश राया, सुनिता बस्नेत र कमला घिमिरे चयन गरिएको छ ।
त्यसैगरी शाखाका सदस्यहरुमा क्रमश कृष्ण बहादुर बस्नेत, गणेश घिमिरे, मेनुका पराजुलि, सुनिता मगर, सुदिपा शेष्ठ, तिलक थापा, रामबिर लिम्बु र रोहन भट्टराई चयन भएका छन् ।
पुनर्गठित शाखाका अध्यक्ष राम मगरले भेलामा बोल्दै आफु बिगत देखी नै संघ संस्थामा आबद्ध भै काम गरिहेको भए पनि हाल बास नेपालमा अबद्ध हुन पाउँदा निकै हर्षित भएको बताए । कोशी प्रदेश ईन्चार्ज ईन्द्र बहादुर केसीको उपस्थितिमा आज चएन भएका हामी शाखाका पदाधिकारीहरुले बास नेपाल संस्थाको हितका लागि काम गर्ने छौं उनले थपे ।











