कालिकोट/ मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी, नेपाल) द्धारा कालिकोट जिल्लामा सञ्चालित ‘बिद्यालय मानसीक स्वास्थ्य’ कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्लाको रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण को क्रममा सरोकारवालाहरुले कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीहरुको मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन मार्फत गुणस्तरीय सिकाइमा सहयोग पुगेको बताएका हुन् ।
सामाजिक परिक्षण कार्यक्रममा बोल्दै रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले सिएमसी नेपालले सञ्चालन गरेको बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रमले नगरपालिकाको शैक्षिक गुर्णस्तर बृद्धी गर्ने कार्यमा इट्टा थप्ने काम गरेको बताए । पालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याएको बताउदै नगरप्रमुख शाहीले भने “परियोजनाले सुरुवात गरेको असल अभ्यासलाइ आत्मसाथ गरी मानसिक स्वास्थ्यको विषयलाइ पालिकाको वार्षिक कार्यक्रम तथा वजेटमा समावेश गर्ने छौँ ।”
कार्यक्रममा सामाजिक परीक्षक मन भण्डारीले कार्यक्रमको कार्यक्षेत्रमा गरिएको स्थलगत अवलोकन, समुह केन्द्रित छलफल, सरोकारवालासंगको भेटघाट र अन्तरवार्ताबाट संकलन तथ्याँक तथा सूचनाको आधारमा तयार गरिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
फेल्म नेपालको आर्थिक सहयोगमा सिएमसी नेपाल दारा सञ्चालित उक्त परियोजनाले शैक्षिक सिकाइ क्रियाकलाप र शैक्षिक गुर्णस्तर बृद्धीमा सहयोग पुग्नुका साथै मानसिक तथा मनोसामाजिक समस्याका बिरामीहरुलाई प्रत्यक्ष लाभ पुर्याएको सामाजिक परीक्षणका सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले सिएमसी नेपाल र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम प्रभावकारी रहको र यसले नगरपालिकामा उज्यालो किरण छरेको बताए । थोरै वजेटमा प्रभावकारी काम भएको बताउदै नगर उपप्रमुख बरालले भने “कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै बिद्यालयको कक्षा कोटा ब्यवस्थापन, शैक्षिक सिकाइ क्रियाकलाप र शैक्षिक गुर्णस्तर बृद्धीमा महत्वपुण सहयोग पुगेको छ ।”

सामाजिक परीक्षण कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीले कार्यक्रमको प्रभावको कारण समाजमा रहेको जल्दोबल्दो समस्याको पहिचान भइ समुदाय स्तरमा सकारात्मक सन्देश गएको बताउदै कार्यक्रमको दिगोपनाका लागि नगरपालिकाले अपनत्व लिने प्रतिबदता ब्यक्त गरेका थिए । परियोजनाले उठान गरेका बिषयहरुलाई पालिकाले आन्तरिकरण गर्दै कार्यक्रमको दिगो विकासका लागि पालिकाले आफ्नो कार्यक्रम बनाउने बताए ।
कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीले सिएएमसी नेपालले बिद्यालय मानसिक स्वास्थ्यको क्षेत्रमा आगोको झिल्को बाल्ने काम गरेको बताउदै आगामी दिनमा कार्यक्रमको निरन्तर्ताको लागी पालिकाले अपनत्व लिने बताए । परियोजनाले बिद्यार्थीलाई बिद्यालयमा आइराख्ने वातावरण सिर्जना भएको बताउदै सिएमसी नेपालले बनाइदिएको बाटोमा हिड्नका लागि पालिकाले वजेट ब्यवस्थापन गरीे कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन पालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार हुने उनको भनाइ थियो ।

सामाजिक परीक्षण कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही, खाँडाचक्र नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत जसी प्रसाद चौलागाइ, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख, बिद्यालयका प्रअ, फोकल शिक्षक, अभिभावक, युवा, बिध्यार्थी लगायतले कार्यक्रम समुदाय र बिध्यार्थीको हितमा आधारित रहेको बताउदै दिगोपनाका लागि पालिकाले अपनत्व लिनुपर्ने बताएका थिए ।

सिएमसी नेपालका कार्यक्रम संयोजक मधु बिलास खनालले चार वर्ष सम्म सिएमसी नेपालको सहजिकरणमा सञ्चालित कार्यक्रमले बालबालिका, किशोरकिशारी, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मि र समग्रमा आम नागरिकहरुको मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धनमा मदत पुगेको बताउदै कार्यक्रम समापन पश्चात स्थानीय सरकारले कार्यक्रमको निरन्तर्ताको लागी जिम्मेवारी लिनुपर्ने बताए । कार्यक्रमको अवधी सकिएर परियोजना हस्तान्तरण भएपनी बिभिन्न माध्यामबाट पालिकालाइ प्राविधिक सहयोग गर्न प्रतिबद्ध रहेको खनालको भनाइ थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, फोकल शिक्षक, स्वास्थ्यकर्मि, वडा अध्यक्षहरु, बिध्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

सिएमसी नेपाल द्धारा २०७८ चैत्रदेखि कर्णालाी प्रदेशका कालिकोट जिल्लाको रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिका, जाजरकोट जिललाको भेरी नगरपालिका र नलगाढ नगरपालिकामा बिद्यालय मानसिक कार्यक्रम सञ्चालन भएको थियो । चार वर्ष सम्म सञ्चालित कार्यक्रमको समयावधी सकिएसंगै सिएमसी नेपालले कार्यक्रमको निरन्तर्ताको लागी परियोजना पालिकालाइ हस्तान्त्ररण गरेको ।











