बर्दिया अस्पताल लगातार तेस्रो पटक प्रथम

हेमराज भट्ट

गुलरिया। कार्यसम्पादन मूल्याङ्कनमा बर्दिया अस्पताल गुलरिया लगातार तिन बर्ष देखि प्रदेशमा पहिलो हुन सफल भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/0८२ मा गरेको प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया पहिलो स्थान हासिल गर्दै तेस्रोपटक उत्कृष्ट हुन सफल भएको हो ।


प्रदेश अन्तरगतका अस्पतालहरुको न्यूनतम सेवा मापदण्डमाको आधारमा गरिएको मूल्याङ्कनमा लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेका १४ वटा अस्पताल मूल्यांकनमा रहेका थिए । अस्पतालबाट प्रदान गरिने सेवाहरूको समयमा रिर्पोट तयार गर्ने, वार्षिक प्रतिवेदन तयार गर्ने, समयमा तथ्याङ्क अपडेट गर्ने लगायतका मुख्य मुख्य सुचकांकहरुको आधारमा ७०.२४ प्रतिशत अङ्क ल्याएर प्रथम स्थान हासिल भएको हो । यसैगरी मुल्याकनमा ६९.७४ प्रतिशत अङ्क ल्याएर अर्घाखाँची अस्पतालमा दोस्रो र ६८.७४ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
उत्कृष्ट स्थान हासिल गर्ने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा. सुवास पाण्डेलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु र प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले संयुक्त रूपमा प्रथम स्थानको प्रमाणपत्र प्रदान गर्नुभयो। लगातार प्रथम स्थान हासिल गर्ने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा. पाण्डेले अस्पतालको टिमवर्क, पारदर्शिता र सेवाप्रति प्रतिबद्धता मुख्य कारण रहेको बताए ।

  • १ मंसिर २०८२, आईतवार प्रकाशित

  • Nabintech