सत्यतथ्य छानविन होस्

रोजन परियार

उहाँ एक पारलैङ्गिक पुरुष (Transgender man) हुनुहुन्छ। गत कार्तिक २६ गते महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज अगाडि राम्रोसँग चिन्न पनि नसक्ने गरेर बेवारिस अवस्थामा उहाको लास भेटियो। अवस्था एकदम आपत्तिजनक थियो ।

अनुहार छुट्याउन नसकिने र कुहिएको अवस्थामा भेटियो ।  पोस्टमार्टम पश्चात् प्रहरी हरु बाट नै लास गाडिएको भन्ने खबर आयो, सञ्जाल भरी over dose को कारण मृत्यु भएको भन्ने हल्ला जोडदार चल्यो तर घट्ना संकासपद भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको संघसंस्था र अग्रज दाइहरु बाट घट्नास्थल , प्रहरी प्रशासन र उस्को परिवार पनि भेटियो विविध कारण देखाउदै ६ दिन पछाडी लगातर ताकेता गरेपछि मात्र पोस्टमार्टम रिपोर्ट सार्वजनिक भयो । जसमा मृत्युको कारण इखभच मयकभ नभएको भनेर क्लिएर देखाइएको छ तर खास मृत्युुको कारण अझै पत्ता लाग्न सकेको छैन ।

हामी यस्तो समाजमा छौ जहाँ नखोजे सम्म मान्छे मरेर गाडिसक्दा पनि उस्को खोजी सम्म गरिदैन । कहाँ के भएको थियो सोध्ने सम्म गरिदैन घट्ना एकदम संकासपद छ अपराधी जो जहाँ जस्तो रुपमा छ सार्वजनिक हुनुपर्छ यदि हत्या नभएर मृत्युको कारण अरुनै भएपनी तुरुन्त छानबिन हुनुपर्छ र पत्ता लाग्नु पर्छ । हामी पनि यहि समाजको हिस्सा हौ र यो आवाज केवल मियोन को हैन हामी सिङ्गो समुदायको हो । आज मियोन सँग भएको घटना भोलि हामिसँग पनि घट्न सक्छ । तसर्थ सवैले आफ्नो ठाउबाट घट्नाको छानबिनको लागि आवाज उठाउन अनुरोध गर्दछु  ।

रोज परियारको फेसबुकवालबाट

  • ५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech