नेपालगन्ज । सात बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगन्ज उप-महानगरपालिकाको आ.ब. २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएकोेछ ।
बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उप-महानगरपालिकाले बनाउने योजना कार्यक्रमलाई लैससासमैत्री बनाउने तथा निर्माण गरिने भौतीक संरचनालाई अपांगता मैत्री बनाउने नीतिको पूर्ण कार्यान्वयन गर्ने, उप-महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण भइरहेकाले अतिक्रमण र फुटपात ब्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने, उपमहानगरपालिका क्षेत्र भित्र छाडा पशु चौपायाँ ब्यवस्थापनका लागि आम नगरबासि, नगरप्रहरी स्थानीय प्रतिनिधि र सरोकारवाला सबै मिलेर समस्या समाधान गर्नेगरी विशेष योजना बनाउने, नगरभित्रका विभिन्न सडकमा सडक बत्ति नभएको भन्ने गुनासो आएकाले सो समस्या समाधान गर्न स्थलगत अनुगमन गरी तत्काल जडान गर्ने, उप-महानगरपालिकाको विभिन्न स्थानमा नाला सरसफाई र ढल निकासका लागि अनुगमन गरी आवश्यक कार्य गर्ने, वडा नम्बर २१ र २२ मा पर्ने कान्तितालको संरक्षण र ब्यवस्थापनका लागि चालु आर्थिक बर्ष भित्र बत्ति जडान र अन्य आवश्यक कार्य गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत लक्षित बर्गले आवश्यकता पहिचान गरी माग गरि आएमा आवश्यक सम्बोधन गर्ने रहेका छन् ।

सुनुवाईको शुरुवातमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत रामहरी शर्माले पहिलो चौमासिकमा भएका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धीको बारेमा जानकारी गराएका थिए । सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।


बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । उप-महानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २२ कान्तिताल नजिक बाबाकुटी परिसरमा भएको थियो ।










