वर्षैपिच्छे नयाँ नियम किन ?

पूर्णलाल चुके

शहरकाे सुन्दरीकरण र विकासकाे अभियानमा सबै नगरवासीकाे सहयाेग अपरिहार्य हुनुपर्छ । जुन अभियानमा आफ्नाे व्यक्तिगत सँरचना पनि गुमाउनु पर्दछ भन्ने कुरामा सबै सहमत हुनु आवश्यक छ ।

केही वर्ष अघि नेपालगन्ज सुर्खेत राेडमा चार लेनकाे सडक विस्तार गर्दा सुर्खेत राेडका बासिन्दाले आफ्नाे नाममा रहेकाे कराेेडाैँ मूल्य पर्ने जग्गामा बनेकाे सँरचना ८ मीटरसम्म त्याग गरेर सडक विस्तार गरियाे । म स्वयँले मेराे एरियामा सबभन्दा पहिले सडक विभागकाे जेसिभी लगाएर भत्काउन लगाएँ र छिमेकीले पनि त्यसपछि भत्काउन दिए ।

अहिले पनि उपमहानगर पालिकाकाे फुटपाथ बनाउने उर्दी अनुसार सटर अगाडिको सटर भत्काउन थालेँ । सडक अतिक्रमण हटाउनु स्वागतयोग्य र स्वीकार्य छ । तर, मैले बुझ्न नसकेको कुरा के हाे भने वर्षाैदेखि सडक छेउँकाे सडक ढक्कन समेत व्यवस्थित गर्न नसकेकाे (कतिपय ठाउँमा एम्बुस थापेकाे जस्तो) पालिका/सडक विभागले फुटपाथकाे लागि भनेर नालीकाे भित्री किनारबाट ७ फुट छाेड्ने उर्दी जारी गरेकाे छ ।

जबकि अहिले पनि सडक किनारबाट ९ फुट मानिस हिँड्ने फुटपाथ छ । वर्षैपिच्छे नयाँ नियम बनाएर व्यक्तिगत सम्पत्ति माथि बिना मुआब्जा कब्जा गर्न पाइने कुन नियममा छ हजुर ?

  • ६ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • Nabintech