नेपालगन्ज म्याराथनको उपाधी सेनाका खड्कालाई

हेमराज भट्ट

नेपालगन्ज । धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्का हासिल गरेका छन् । ४२ किलोमिटरको दुरी २ घण्टा १५ मिनेट ८ सेकेण्डमा पारगर्दै शनिबार नेपालगञ्जमा सम्पन्न ११औं धारा नेपालगञ्ज म्याराथनको उपाधि बिजेता खड्काले २ लाख नगद पुरस्कार हात पारेका छन्।
यसैगरी ४२ किलोमिटरको दुरी २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा पार गर्दै नेपाल आर्मीका सुशिल कुमार शाही दोस्रो र २ घण्टा १९ मिनेट १८ सेकेण्ड लगाएर निर्धारीत दुरी पार गर्ने सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रो प्रतियोगिले क्रमशः नगद १ लाख र ५० हजार पुरस्कार हासिल छन् ।
यसैगरी हाफ म्याराथन महिलातर्फको उपाधि नगद ७५ हजार पुरस्कार सहित जुम्लाकी पुर्णलक्ष्मी न्यौपानेले जितेकी छिन् । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भएकी छिन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ, महानायक राजेश हमाल, मिस नेपाल २०२५ लुना लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

  • ७ मंसिर २०८२, शनिबार प्रकाशित

  • Nabintech