काठमाण्डौं । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालले आज देखि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
सरकार र अभियानका प्रतिनिधिबीच शनिवार वार्तापछि नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको हो । विभिन्न २७ बुँदे मागहरू राख्दै आन्दोलन थालेको महाअभियानका मागका बिषयमा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी मुद्दाहरु सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भए पछि बन्द फिर्ता भएको हो ।
छलफलमा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी भएको थियो भने सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायतको उपस्थिति थियो ।










