महाङ्काल गाउँपालिकामा अन्तरकृया तथा छलफल

असल शासन प्रतिनिधि

ललितपुर । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जलवायु परिवर्तन सम्बन्धी अन्तरकृया तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर ७ गते महाङ्काल गाउँपालिकासँगको सहकार्यमा गाउँपालिका अन्तरगतका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख र वडा सचिवहरुसँग उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जलवायु परिवर्तन तथा विपद व्यवस्थापनमा गाउँपालिकाको अनुभव तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए । टीआई नेपालका सदस्य तथा विषय विज्ञका तर्फबाट डा. अनुशुया जोशीले जलवायुमा सुशासन, जलवायुसँग सम्बन्धीत ऐन, निति, नियमको ब्यवस्था तथा कार्यान्वयनको अवस्था, जनचेतना तथा हरेक नागरिकमा हुनुपर्ने उत्तरदायित्वबोध, अनुकूलन र न्यूनिकरणमा भएका प्रयाश, चुनौती तथा समाधानका बिषयहरु समेटिएको प्रस्तुति गरेका थिए ।
कार्यक्रम समय सान्दर्भीक र उपयोगी रहनुको साथै यस पालिकाका समसामयिक समस्याको पहिचान र समाधानका लागि आगामी दिनमा संस्थाको सहयोगको अपेक्षा रहेको गाउँपालिका अध्यक्ष केसीले बताएका थिए ।

  • ९ मंसिर २०८२, सोमबार प्रकाशित

  • Nabintech