भ्रष्टाचार बिरुद्ध पाँचौं नेपालगन्ज वाकाथन हुँदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ ।

डिसेम्वर ९ (मंसिर २४ गते) नेपालगन्जमा नेपालगञ्ज वाकाथन हुने भएको हो ।

बिगत पाँच बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ ।

भ्रष्टाचार बिरुद्धसँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथन सफल पार्न बास नेपालले आह्वान गरेको छ ।

वाकाथन मंसिर २३ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाईन हुँदै नेपालगञ्जको रामलिला मैदानमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ ।

कार्यक्रमको भव्यताका लागि बिभिन्न समितिहरु गठन गरिएको छ, कार्यक्रमको संयोजकको जिम्मेवारी संस्थाकी महासचिव कल्पना अधिकारीलाई दिईएको छ ।
कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।

पाँचौ पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।

दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।

तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो ।

चौथो बर्ष २०२४ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक, सदरलाई हुँदै रामलिला मैदान गएर समापन भएको थियो ।

यसैबिच नेपालगञ्ज वाकाथनको तयारीका सन्दर्भमा गैससहरु बिच समन्वय बैठक सम्पन्न भएको छ बैठकमा सहभागि गैससकर्मीहरुले सुशासनको खडेरी परेको समयमा नेपालगन्जको सडकबाट भ्रष्टाचार बिरुद्धको सन्देस प्रवाह गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।

 

  • १५ मंसिर २०८२, आईतवार प्रकाशित

  • Nabintech