प्रभु बैँकका सिइओ शेरचन पक्राउ

असल शासन प्रतिनिधि

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ( अशोक शेरचनसहित बैंकका तीन कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बैंकमै पुगेर शेरचनसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ लाइ पक्राउ गरेको विज्ञप्ती मार्फत जनाएको छ।

ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्नेक्रममा शेरचनसहितको संलग्नता रहृको सीआईबीको दाबी छ। शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको दाबी सीआईबीको छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्तीमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत पाटनबाट अनुमति लिएरै उनीहरूलाई पक्राउ गरेको बताइएको छ। कुसुम लामा समेतविरुद्ध परेको जाहेरीमा सीआईबीले यसअघि दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

  • १६ मंसिर २०८२, सोमबार प्रकाशित

  • Nabintech