बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या घट्दो

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या घट्दो क्रममा रहेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१र८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी संक्रमित फेला परेसँगै एचआईभी संक्रमितको सङ्ख्या ११९ पुगेको छ ।
चालु आर्थिक बर्षको साउनयता पहिलो चार महिनामा मात्रै ३९ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यसरी देखिएका संक्रमित मध्ये २७ पुरुष र १२ महिला रहेका छन् । संक्रमितमध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् ।
आथिक बर्ष २०८०र८१ मा १०१ जना एचआईभी संक्रमित फेला परेका थिए । जिल्लामा १० हजार ७५९ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित फेला परेका थिए । त्यसअघिको आव २०७९र८० मा १०९ जनामा सङ्क्रमण देखिएको थियो । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित फेला परेका थिए ।

  • १६ मंसिर २०८२, सोमबार प्रकाशित

  • Nabintech