पुर्बपतिसङ्गै बस्न गएकि महिला मृत फेला

असल शासन प्रतिनिधि

पुर्बपतिसङ्गै बस्न गएकि महिला मृत फेला

बाँके/ बैजनाथ गाउँपालिका–२ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पुर्वपत्नी खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मङ्सिर ९ गते राति मिनि गाभर होमस्टे मा बसेका थिए।

तीन दिनपछि देबिसरा नजिकैको जंगलमा खा डलमा गा ,डिएको अवस्थामा फेला परिन् । उनको घाँटीमा पासो लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका नारायण परियारले भने–
“आफुले केहि गरेको होईन, मरेपछि मात्र डरले जंगलमा लगेर माटोमा पुरि दिएको हुँ” ।

उनले ह त्या गरेको आरोप अस्वीकार गरेका छन् ।

घटना मङ्सिर ९ गते राति भएको र करीब तीन दिनपछि मात्र श्रीमान इलाका प्रहरी कोहलपुर आफै घटनाको बारे जानकारी दिन आएका थिए ।

प्रहरीले युवकको बयान र घटनास्थलका आधारमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

  • १७ मंसिर २०८२, मंगलवार प्रकाशित

  • Nabintech