बाजुराको सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार दिउँसो करिब १२ बजेर २० मिनेट जाँदा आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने खुलेको छैन ।











