पत्रकार खान र केसिलाई राष्ट्रिय पत्रकारिता सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज/  गाेरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ ओैं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

लामो समयदेखि अपांगताका सवालहरुलाई सञ्चार माध्यमबाट उजागर गरेको जनाउँदै राष्ट्रिय अपांग महासंघ नेपालले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौमा आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरिएको हाे ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेल र काठमाडौं महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

साे अवसरमा प्युठानका सञ्चारकर्मी जुमानिसंह केसी लगायत अपांगताकाे क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई पनि मन्त्री खरेल र काठमाडौ महानगरका उपप्रमुख डंगोलले सम्मान गरेका थिए ।

कार्यक्रम राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • १८ मंसिर २०८२, बुधबार प्रकाशित

  • Nabintech