क्यानका महानिर्देशक सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असल शासन प्रतिनिधि

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा लगाइएको छ । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पनि विशेष अदालतमा उपस्थित गराइएको छ । १२ करोड खर्चेर बनाइएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा उडान जोखिम कारण देखाउँदै पाइटहरूले केही दिनमै हेलिकप्टर उडाउन मानेका थिएनन् ।

३३ रोपनी क्षेत्रफलमा बनाइएको हेलिपोर्टमा विद्युत तार, रुख र वरिपरिका घरले अवतरण र उडान दुवैमा जोखिम रहेको भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका थिए ।

  • १८ मंसिर २०८२, बुधबार प्रकाशित

  • Nabintech