क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर—४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रमकाबीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गरेकी हुन्। क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन् ।
उहाँले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याइन्। कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुझऋषी चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताए । उनले पत्रकार महिलाहरुको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे। कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा कार्यक्रममा विशिष्ठ अतिथि डक्त धितालले पत्रकार महिलाहरुलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे पत्रकार महिलाहरुको संख्यात्मक बृद्धिसंगै गुणात्मक क्षमता बिकासका लागि क्रियाशिल पत्रकार महिला बाँकेको जिम्मेवारी थपिएको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार महासंघका सचिव बिजय मल्ल लगायतले क्रियाशिल पत्रकार महिला बाँकेले पत्रकार महिलाहरुको ब्यावसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लागिपर्न सुझाव दिएका थिए ।









