बर्दिया घटना छानबिन गर्न बन्यो समिति

असल शासन प्रतिनिधि

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको विषयको छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन गर्न निर्देशन दिएका थिए। मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

 

  • २२ मंसिर २०८२, आईतवार प्रकाशित

  • Nabintech