नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपाल रजत बर्ष मनाउँदैछ ।
रजत बर्षको अवसरमा बास नेपालले मंसिर २४ गते बिशेष समारोहको आयोजना गर्ने भएको छ ।
समारोहमा बास रजत स्मारिका बिमोचन, उत्कृष्ठ शाखा, स्वयंसेवक घोषणा, सम्मान कार्यक्रम, ईनोभेटिभ युथ अवार्ड प्रदान लगायतका कार्यक्रम हुनेछन् ।
२०५७ साल मंसिर २४ गते स्थापना भएको बास नेपालले रजत बर्षको लोगो आज सार्वजनिक गरेको छ ।
पत्रकार जयनारायण शाहले परिकल्पना गरेको लोगो एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो ।

लोगोका परिकल्पनाकार पत्रकार जयनारायण शाह, बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले लोेगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिकरण कार्यक्रममा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुंग, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, उच्च अदालत बार ईकाईका अध्यक्ष चित्र बहादुर शाही, अन्तरालका प्रमुख जयनारायण शाह, पत्रकार झलक गैरे, नुड्स बाँकेका अध्यक्ष लोग बहादुर परियार, गैसस महासंघ नेपाल बाँकेकी पूर्ब उपाध्यक्ष निर्मला सुनार, नेपाल रेडक्रस सोसाईटि बाँकेकी सरिता सिंह, पूर्ब बिधार्थी समाज जनता नमुना माबिका अध्यक्ष झविलाल शर्मा लगायत बास नेपालका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सार्वजनिक गरिएको लागोमा २५ बर्ष देखि भ्रष्टाचार बिरुद्धको अभियानमा बास नेपालको यात्रामा उकालोे लागिरहेको सन्देश प्रतिबिम्वित छ ।









