नेपालगन्ज/ भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न भएको छ ।
भ्रष्टाचार बिरुद्ध २२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा आज नेपालगन्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिगत चार बर्ष देखि भईरहेको वाकाथनको पाचौं संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो ।

नेपालगन्जको गणेशमान चौकबाट बिहान ७ः०० बजे शुरु भएको वाकाथन बिपि चौक, त्रिभुवन चौक, सदरलाईन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो । भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ भएकोे वाकाथनमा भ्रष्टाचार बिरुद्धका नाराहरु, गितहरु मार्फत सडकबाट नागरिक समाजका प्रतिनिधिहरुले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए ।

रामलिला मैदानमा भएको समापन समारोहलाई नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्ती सोनारी गाउपालिकाका उपप्रमुख मनिसा सिंह थारु, डाक्टर किशोर खत्री, नागरिक समाजका अगुवा कृष्ण प्रशाद श्रेष्ठ, जेनजी समुहका जीवन माझि लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन र सदाचार बाहालिका लागि सरकार गम्भिर बन्नु पर्ने बताए । उनले सबैले मिलेर सुशासनलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले नेपालगन्ज वाकाथन सुशासनको अभियानमा सकारात्मक पहल कदमी भएको बताए । उनले सुशासन प्रवद्र्धनका कार्यक्रमहरुमा जिल्ला प्रशासनले सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिशा सिंह थारुले भ्रष्टाचारको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । सुशासन वहालीका लागि नागरिक समाजको खवरदारी आवश्यक पर्ने बताईन् । सो क्रममा बोल्दै प्रभातकालि हिंडाईका अभियन्ता डा. किशोर खत्रीले भ्रष्टाचार महारोग भएको बताउदै यसको अत्य गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । वाकाथनमा सहभागि जेनजी युवा जीवन माझिले देशमा भ्रष्टाचारले चरम सिमा नाघेकाले सबै मिलेर यसका बिरुद्ध लाग्नु पर्नेमा जोड दिए । उनले सरकार र सम्बन्धीत निकाय सबैले इमानदारीता पूर्वक काम गर्न अपिल गरे । सो क्रममा उद्योग बाणिज्य महासँघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठले भ्रष्टाचार मुक्त समाज निर्माण भएमा मात्रै देश विकास सम्भब हुने भन्दै वाकाथन जस्ता कार्यक्रमले सुशासनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । वाकाथनको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेका थिए भने वाकाथनको सहजिकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
कार्यक्रममा खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा बिजयि हुन सफल २० जना प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
वाकाथनमा विभिन्न संघ, संस्था, शैक्षिक निकाय, संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लगायतले सहभागिता जनाएका थिए ।
दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो । तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो । चौथो बर्ष २०२४ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक, त्रिभुवन चौक हुँदै रामलिला मैदानमा गएर समापन भएको थियो ।









