नेपालगञ्ज/ नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष तथा सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई भ्रष्टाचार बिरुद्धको राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बास नेपालको रजत समारोहको अवसरमा सो सम्मान प्रदान गर्न लागिएको हो ।
बास नेपालको रजत समारोह मंसिर २४ गते नेपालगञ्जमा हुँदैछ । उक्त समारोहमा दाहाललाई राष्ट्रिय सम्मान सहित नागरिक अभिनन्दन गरिनेछ ।
नेपाल पत्रकार महासंघको नेतृत्व गरि देशमा लोकतन्त्र, सुशासन र अभिव्यक्ति स्वतन्त्रतामा बिशेष योगदान पुर्याएका दाहालले बिगत लामो समय देखि भ्रष्टाचार बिरुद्धको संयन्त्र सूचनाको हक प्रबद्र्धन, प्रचलनमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका छन् ।
फ्रिडम फोरमको माध्यमबाट सूचनाको हकका माध्यमबाट भ्रष्टाचार बिरुद्ध बिशेष योगदान पुर्याएका दाहाललाई भ्रष्टाचार बिरुद्ध सम्मान प्रदान गर्न लागिएको हो ।
भ्रष्टाचार बिरुद्ध बिशिष्ठ योगदान दिने व्यक्तित्वलाई प्रदान गरिदै आएको भ्रष्टाचार बिरुद्धको राष्ट्रिय सम्मान २०१० देखि प्रदान गर्न थालिको हो ।
२०१० मा असल शासनका चर्चित अभियन्ता केदार खडका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब प्रमुख शुर्यनाथ उपाध्याय, २०११ मा भ्रष्टाचार बिरुद्ध क्रियाशिल पत्रकार हरी थापा र २०१२ मा भ्रष्टाचार बिरुद्धकी अभियन्ता शारदा भुषाल झा, २०१४ मा रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्मा, २०१९ मा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा, २०२० मा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँगलाई भ्रष्टाचार बिरुद्ध राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।
मंसिर २४ गते बुधवार आयोजना हुने बास नेपालको रजत समारोहमा रजत स्मारिका बिमोचन, बास नेपालका उत्कृष्ठ शाखा, कर्मचारी, स्वयंसेवकहरुलाई सम्मान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व सम्मान समेत बिभिन्न व्यक्तिहरुलाई प्रदान गरिनेछ । कार्यक्रममा ननितम युवा स्वयंसेवक पुरस्कार समेत प्रदान गरिनेछ ।
कार्यक्रममा असल शासनका चर्चित अभियन्ता केदार खडका, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा, सूचनाको हकका अभियन्ता तारानाथ दाहालको बिशेष उपस्थिती रहनेछ ।









