कन्दरा ब्याण्डका गायक श्रेष्ठ बास नेपालमा

असल शासन प्रतिनिधि

मंसिर २६ गते
नेपालगञ्ज  / कन्दरा ब्याण्डका गायक श्रेष्ठ बास नेपालमा आएका छन् । साथै उनले नेपाल भित्र जति पनि कलाकार छन् सबै नेपाली कलाकार नै हुन  ताकि कोही राष्टिय र कोही स्थानिय भन्ने हुदैन  गायक बिबेक श्रेष्ठले बताएका छन् ।

बास नेपालले आज नेपालगञ्जमा आयोजना गरेको स्वागत कार्यक्रममा कन्दरा ब्याण्डका चर्चित गायक बिबेक श्रेष्ठले उक्त कुरा बताएका हुन ।

स्वागत कार्यक्रमका सहभागीहरुले काठमान्डौं बाट आउने राष्ट्रिय कलाकार स्थानिय कलाकारको बारेमा प्रश्न राख्दा उनले भने हामी नेपाल भित्रका कलाकार सबै राष्ट्रिय तथा नेपाली कलाकारहरु नै हौं । ता कि कोही राष्ट्रिय र कोही लोकल कलाकार भन्ने नै हुदैन गायक श्रेष्ठले भने ।

हङकङ पोखरा, निर्मोही मेरो को छ र, तिमि वारी म छु पारी ,फुलचोकी डाँडैमा,तगारोमा रुमाल,लेककी हे माया,चञ्चले कान्छी, बिदेशिएर गएँ, भैसी गोठैमा तिमि पारी त्यो गाउँमा,चन्द्रकोटकी नानी, के पहाड लगायत थुप्रै कालजयी गितहरु गाईसकेका गायक बिबेक श्रेष्ठ आफु हाल पश्चिम नेपालको भ्रमणमा रहेका बेला आज नेपालगञ्ज आएको उक्त कार्यक्रममा बताए ।

गितहरु सिर्जना गर्दा सकभर सबैले बुझ्ने सरल भाषामा सिर्जना गर्नुपर्ने बताउँदै निकट भबिश्यमा नेपालगञ्जमा कन्दरा ब्याण्डबाट साँगितिक कार्यक्रम आयोजना गर्ने पनि बताए । १५ बर्षको उमेर देखि आफुले गित गाउँन शुरुवात गरेको बताउँदै बिचमा केही बर्ष बिदेशिए पनि अब नेपालमै संगितको माध्यमबाट केही गर्नुपर्छ भनेर देश भित्रै बिभिन्न ठाउँको भ्रमण गरि फरक फरक भाषाहरुको अध्ययण गरिरेको उनले थपे ।

स्वागत कार्यक्रममा अन्तरालका प्रमुख जयनारायण शाह, गैसस बाँकेका पुर्ब अध्यक्ष तेज बिक्रम शाह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहभागीहरुको अनुरोधमा हिउँ त होईन फाफ्रेको डङ्खुर बोलको गित गाएर सुनाएका थिए । कार्यक्रममा ४० बढि सहभागीता रहेको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

  • २७ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • Nabintech