मंसिर २८ गते
नेपालगञ्ज / महिला तथा किसोरीहरुका लागि आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनी स्थित साना किसान सहकारीको भवनमा आज महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

साना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष फनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको महिनावारी स्वच्छता कार्यक्रम बास नेपाल र एफ केबी यु के को संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा जानकारी दिईएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीका ७५ जना किशोरी तथा महिलाहरु सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका, पुर्ब कार्यक्रम ब्यवस्थापक राष्टि बुढामगरले सहजीकरण गरेको महिनावारी स्वच्छता शिक्षा कार्यक्रममा महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुराको जानकारी गराईएको थियो । साथै बुढामगरले डेमोसहित महिनावारी स्वच्छता सम्बन्धी शिक्षा प्रदान गर्नका साथै सहभागीहरूको धारणा समेत संकलन गरेकि थिईन् । साथै वातावरणमैत्री कपडाबाट बनेका पुनःप्रयोग गर्न मिल्ने प्याड प्राप्त गर्दा एफ के बि युके र बास नेपाल लाई सहभागीहरुले धन्यवाद व्यक्त गरेका थिए ।

बास कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने बास नेपालका निर्देशक हेमराज भट्ट, प्रशासन सहायक सुमिता कुमाल, साना किसान सहकारी संस्थाकी प्रबन्धक अम्बिका गुरुङ तथा संस्थाका संस्थापक सदस्यहरूबाट सहभागीहरुलाई फ्रिडम किट ब्याग वितरण गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा अध्यक्षतामा सम्पन्न कार्यक्रममा एफकेबी युकेका कार्यक्रम ब्यवस्थापक रमिता शाहले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।









