काठमाडौं / नेकपा एमालेको नयाँ नेतृत्व चयनका भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकरको अग्रता रहेको छ ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकरी दिएको छ। पमहासचिवमा लेखराज भट्टले अग्रता लिएका छन् । उनले १ सय ४७ मत प्राप्त गरेका छन् । उनलाई योगेश भट्टराईले पछ्याइरहेका छन् ।









